Logo
|
Thursday 28th March 2024
Logo

epaper

“उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु” भन्ने मूल नारा सहित आयोजना भएको मेडिसिटी–एल सम्मेलन सम्पन्न



 


ललितपुरकोे भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालमा ब्रेष्ट तथा एसोफेगस सम्मेलन सम्पन्न भएको छ । ‘उपचार, पुनस्र्थापना र भविष्यका आधारहरु’ भन्ने मूल नारा सहित ३ दिन सम्म सञ्चालन भएको सम्मेलनमा देश विदेशका गरी २०० भन्दा बढि क्यान्सर विशेषज्ञ तथा रेडियोलोजिष्टहरुको सहभागिता रहेको थियो । 

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द« महतोले स्वदेशमै विदेशी डाक्टरबाट अनुभव साटासाट गर्न पाउनु अवसर भएको बताउदै स्तन क्यान्सरको न्युनिकरण र विश्वस्तरिय उपचारका लागि अस्पताल सक्षम रहेको स्पष्ट पार्नुभयो ।

सम्मेलनले मुलुकभरका क्यान्सर रोग विशेषज्ञहरुलाई समेटेको जानकारी दिदैँ अस्पतालका महाप्रबन्धक विजय रिमालले भन्नुभयो– ‘क्यान्सर रोगको जनचेतना र उपचारलाई दुर–दराजमा पु¥याउने उद्धेश्य प्राप्तिका लागि यो एक हातोमालो हुने विश्वास लिएको छु । ’

अमेरिका स्थित विश्वप्रशिद्ध येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलनको आयोजनाले क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिष्टहरुले धेरै ज्ञान तथा अनुभवको साटासाट गर्ने अवसर पाएको बताएकाछन् । अमेरिकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ग्रीनविच र एल न्यु हेभेन अस्पतालका डा.बार्बरा वार्ड, डा. बेरी बौइड्, डा. अस्वथा नारायण, डा. पउल वेटर्स, र डा. एल्सा रास्किन जस्ता विशेषज्ञ टोलीहरुको सम्मेलनमा सहभागिता रहेको थियो ।

सम्मेलन अवधिमा स्तन क्यान्सर र खानेनलीको क्यान्सरका जटिल शल्यक्रियाको नेपाल मेडिसिटी अस्पतालको अपरेशन थिएटर देखि सम्मेलन स्थलमा प्रत्यक्ष प्रशारण गरेको अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. सुनिल कुमार शर्माले बताउनुभयो । जसका माध्ययमबाट न्यु योर्क र नेपालमा हुने शल्यक्रियाका समानता र भिन्नता एवं प्रविधिको विषयमा बृहद् अन्तरक्रिया समेत गरिएको थियो । सम्मेलनमा सर्जिकल, मेडिकल, रेडिएसन क्यान्सर विशेषज्ञ र क्यान्सर सँग सम्बन्धित अन्य सबै विशेषज्ञ र सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्