Logo
|
Friday 19th April 2024
Logo

epaper

विराटनगरका ११ पानी उद्योगमा भेटियो कोलिफर्म, उद्योगविरुद्ध मुद्दा दर्ता



 

विराटनगरका उद्योगहरुले उत्पादन गरेको खानेपानीमा दिसामा पाइने कोलिर्फम भेटिएको छ ।
सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन पहिलो साता विराटनगरमा सञ्चालन भएको २० वटा पानी उद्योगहरुको अनुगमन गरेको थियो ।
अनुगमन पश्चात नमूना परीक्षण गरिएका मध्ये ११ वटा उद्योगको पानीमा कोलिर्फमको जीवाणु भेटिएको हो ।
गंगाजल, गोमारानी, शुभजल, पूजा फुड एन वेभरेज, तिरुपती, माउण्टेन, हाइमल, श्री जल, सितल, जोनसन र दिव्य श्री पानी उद्योगबाट उत्पादित पानीमा कोलिर्फम फेला परेको उपसचिव गोपी घिमिरेले जानकारी दिनुभयो ।
सामाजिक विकास मन्त्रालयले नमूना संकलन गरेको पानी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षण गरेको थियो।
कोलिर्फमको जिवाणु भेटिएका पानीका उद्योगलाई प्रदेश सरकारले कारबाहीको प्रक्रिया अघि बढाएको छ । ती उद्योगविरुद्ध मुद्दा दर्ता गरिसकिएको जनाइएको छ ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले ११ वटै उद्योगको उत्पादन आज बाटै बन्द गरी आवश्य कारबाही प्रक्रिया अघि बढाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई निर्देशन दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनैपनि उद्योगलाई मानव स्वास्थ्यमा हानी पु¥याउने गल्ति गर्न छुट छैन, उनीहरुमाथि मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा २० वटा पानी उद्योगमा अनुगमन गरी पानीको नमूना संकलन गरेको थियो । विराटनगर क्षेत्रमा ४० बढी पानी उद्योग रहेका छन ।

प्रतिक्रिया दिनुहोस्