Continues Auto-Transfusion System (CATS) जर्मनी Fresenoius Kabi को उत्पादन हो । नेपालमा यसको Exclusive Distributor हिमालय मेडिटेक हो ।
शल्यक्रिया गर्दा खेर जाने रगत संकलन गरेर पुःन बिरामीलाई दिने सिस्टम Continues Auto-Transfusion System (CATS)हो । यसलाई Autologus Blood Recovery System पनि भनिन्छ ।
विशेषगरी यो System मिर्गौला प्रत्यारोपण र कार्डियाक सर्जरीका बिरामीहरुमा धेरै उपयोगी हुने गरेको छ ।
विगतका दिनहरुमा शल्यक्रिया गर्दा निस्कने रगत त्यत्तिकै फालिन्थ्यो र अरुको रगत लिनुपर्ने बाद्यता हुन्थ्यो । तर यस सिस्टममा शल्यक्रिया गर्दा निस्कने रगत सक्सनको माध्यमबाट तानेर रिजर्भ वेर मा राखिन्छ । त्यसलाई अत्याधुनिक प्रविधिबाट फिल्टर गरेर पुनः बिरामीको शरीरमा पठाइन्छ । यसबाट शल्यक्रिया गरेको बिरामीले आफ्नै रगत प्रयोग गर्न सक्ने भएकाले संक्रमण हुन पाउँदैन । यसले घाउ चाँडो निको हुने र धेरै समय अस्पताल बस्नुपर्ने जरुरत पर्दैन ।
यसको सबैभन्दा राम्रो पक्ष के हो भने ट्रान्स्फ्युजन सम्बन्धि इफेक्टहरु आउनसक्ने सम्भावना रहँदैन ।
अरु व्यक्तिको रगत लिँदा हाइपर क्यालेमिया इफेक्ट आउनसक्ने, व्लड बैंकमा लामो समय राखेको रगतमा धेरै पोटासियमको मात्रा हुने भएकाले पोटोसियम सम्बन्धि हाइपर क्यालेमियाको समस्या भई कार्डियाक एरेष्ट हुनसक्ने सम्भावना रहन्छ ।
तर यो नयाँ टेक्नोलोजीको प्रयोगले बिरामीले अनावश्यक समस्या भोग्नुपर्दैन । बिरामीको रगत सफा गरेर स्वयं बिरामीलाई नै दिनसक्ने भएकाले उल्लेखित समस्या आउनसक्ने सम्भावना रहँदैन । पछिल्लो समय नेपाल मेडिसिटी र त्रि.बि.शिक्षण अस्पताललगायतका धेरै हस्पिटलहरुले Continues Auto-Transfusion System (CATS) सिस्टमको अपग्रेटेड नयाँ भर्सन अपनाउन थालेका छन् ।
हाइपर क्यालेमियाको सम्भावना शुन्य पारेर कार्डियाक एरेष्ट हुनसक्ने जोखिम कम गरिदिन्छ । रगतमा रक्तकोषको लेवल ६० भन्दा बढि रहन्छ । रगतमा नन इन्भेसिभ फ्याटलाई ९९ प्रतिशत कम गराउँछ । रगतमा हेपारिन (रगत पातलो बनाउने तत्व) १०० प्रतिशत नै कम गराउँछ । रगतको प्रोटिन र पोटासियमलाई निराकरण गरिदन्छ र शरीरमा आफ्नै शरीरको सफा रगत उपलब्ध हुन्छ । यो सिस्टमले अनावश्यक तत्वलाई हटाएर पिआरसी (प्याकुरेट सेल) मात्र दिन्छ ।
यो सिस्टम प्रयोग गर्न सजिलो छ । अस्पतालहरुमा यो सिस्टम जडान गरिसकेपछि स्टाफहरुलाई ट्रेन गराउँछौं । स्टाफहरु पूर्ण नभएसम्म नियमित सेवा प्रदान गरिरहन्छौं ।
प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५
प्रतिक्रिया दिनुहोस्
थप
टेक्नोलोजी अफ हेल्थ
१५ मिनेटमै मानिसलाई धुने–सुकाउने मिराइ ह्यूमन वासिङ मेसिनः जापानको भविष्यवादी आविष्कार
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यसेवा बदल्ने सपनाः वंशीराम श्रेष्ठको दृष्टिबाट सुरु भएको यात्रा
सोमबार, जेठ २६, २०८२
अटोइम्युन रोग स्क्रिनिङमा गोल्ड स्टैण्डर्ड भ्यालिडिटेड ‘आईएफए’ प्रविधि
सोमबार, चैत २५, २०८१ट्रेन्डिङ

