Logo
|
Thursday 18th April 2024
Logo

epaper

अचानक यौन सम्पर्क गर्दा किन हुन्छ युवतीलाई पश्चाताप ?



 अचानक कसैसँग यौन सम्पर्क भयो भने त्यसलाई क्याजुअल सेक्स भनिन्छ । यस्तो यौन सम्पर्कमा सहमति र खुशी पनि हुन्छ । क्याजुअल सेक्सपछि युवतीहरुमा खेद, पश्चाताप र हिनतावोधको भावना देखिन्छ । पछिल्लो एक अध्ययनका अनुसार यदि यौन सम्पर्कको प्रस्ताव युवतीले गरेका छन् भने उनीहरुमा हिनतावोधको भावना देखिँदैन । यसअघिका अध्ययनमा के पाइएको थियो भने ‘वन नाइट स्ट्याण्ड’ मा पुरुषको तुलनामा महिलाहरुलाई ज्यादा पश्चाताप हुन्छ ।

अनुसन्धानकर्ताले नर्वेको विश्वविद्यालयमा ५४७ र अमेरिकाको विश्वविद्यालयमा २१६ विद्यार्थीसँग छलफल गरेको थिए । तीमध्ये कोही पनि समलिंगी थिएनन् । यो छलफलका क्रममा धेरै कुरा स्पष्ट भएका छन् । क्याजुअल सेक्समा युवक र युवतीको सोचाइ निकै फरक हुन्छ । यो अध्ययनमा युवतीहरुलाई उसको पार्टनर सक्षम र यौन सम्बन्धका क्रममा सन्तुष्टि दिन सक्ने फेला पर्यो भने उनीहरुभित्र हिनतावोध नहुने तथ्य फेला परेको छ ।

सो अध्ययनमा सहभागी हुने सबै विद्यार्थी नर्वीयन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एनटीएनयू) र युनिभर्सिटी अफ टेक्ससका थिए । सबैको उमेर ३० वर्ष भन्दा कम थियो । यसअघिका अध्ययनका अनुसार क्याजुअल सेक्समा पुरुषलाई महिलाको तुलनामा निकै कम पश्चाताप हुन्छ । योसँगै सेक्स पहिला कसले गरेको थियो भन्नेसँग कुनै मतलव नहुने अनुसन्धानका क्रममा फेला परेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्