धादिङ : जिल्लामा डेंगु र ठेउला रोगको संक्रमण देखिन थालेको छ। जिल्ला अस्पताल धादिङबेसीमा उपचार गराउन आउनेहरूमा ठेउलाका बिरामी बढी देखिएका छन्।
भदौ महिनामा जिल्ला अस्पतालमा उच्च ज्वरो आएका बिरामीको स्वास्थ परीक्षण गर्दा पाँच जनामा डेंगु र १७ जनामा ठेउला देखिएको जिल्ला अस्पताल धादिङले जानकारी दिएको छ।
अन्य बिरामीमा पनि संक्रमण भएको हुनसक्ने चिकित्सकहरूकाे अनुमान छ। बिरामीको संख्या बढेसँगै अस्पतालमा यो रोगको प्रारम्भिक परीक्षणका लागि आवश्यक पर्ने सामग्री अभाव भएको छ। परीक्षण गर्ने किट थोरै सङ्ख्यामा भएकाले शंकास्पद सबै जनाको परीक्षण गर्न कठिनाइ भएकाे छ।
शंकास्पद बिरामीहरूमा परीक्षण गर्न नपाएका कारण समस्या उत्पन्न भएको चिकित्सकहरूले बताएका छन्। बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रका स्थानीयमा बढी यी रोग फेला पर्न थालेको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
नेपाली सेनाले स्वास्थ्य तथा प्राविधिक सेवाका लागि नयाँ भर्ना खुलायो
शुक्रबार, मंसिर २६, २०८२ट्रेन्डिङ

