भीमफेदी । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकले ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७६’ र ‘प्रदेशसभा नियमावली, २०७४ लाई पहिलो संशोधन गर्न बनेको नियमावली, २०७६’ लाई सर्वसम्मतिबाट पारित गरेको छ ।
बैठकमा सामाजिक विकासमन्त्री युवराज दुलालले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र प्रदेशसभा नियमावलीको पहिलो संशोधन गर्न बनेको नियमावली कार्यदलका संयोजक रामेश्वर फुयाँलले पारित गर्न प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा विधेयकमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सामाजिक विकासमन्त्री दुलालले हेटौँडा अस्पताललाई भविष्यमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न एवं सबै प्रदेशका विद्यार्थीलाई चिकित्सक विज्ञान अध्ययन गर्न निष्पक्षका साथ सुविधा उपलब्ध गराइने विश्वास दिलाए । रासस
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
नेपाली सेनाले स्वास्थ्य तथा प्राविधिक सेवाका लागि नयाँ भर्ना खुलायो
शुक्रबार, मंसिर २६, २०८२ट्रेन्डिङ

