Logo
|
Thursday 28th March 2024
Logo

epaper

छाला चम्किलो बनाउन हर्बल चिया



अनियमित लाइफ स्टाइल तथा खानपानको गलत बानीको असर शरीरका साथै छालामा पनि पर्न जान्छ । यसले कम उमेरमा छालाको चमक कम हुन सक्छ । त्यसैले मुम्बईका डाइटिसियन डा. नेहा चाँदना डाइटमा हर्बल चिया सामेल गर्न सल्लाह दिन्छिन् । यसले छालाको गोरोपन बढाउनुका साथै अनुहारको चमकसमेत बढाउँछ ।प्रयोग विधि 

  •  तीन कपभन्दा धेरै चिया नपिउनुहोस् । यसले स्वास्थ्यमा नोक्सानी गर्छ ।
  •  धेरैबेर उम्लिएको चिया नपिउनुहोस् । यसमा टैनिनको मात्रा अधिक हुन्छ । यसले एसिडिटी तथा पेट दुख्ने समस्या निम्त्याउन सक्छ ।
  •  सुत्नुभन्दा अघि चिया नपिउनुहोस् । यसले निद्रा नलाग्नुका साथै नेगेटिभ इफेक्ट हुन सक्छ ।
  •  धेरै तातो चिया नपिउनुहोस् । यसले क्यान्सरजस्तो गम्भीर रोग निम्त्याउन सक्छ ।

धेरै बेर उम्लिएको चिया नपिउनुहोस् । यसमा टैनिनको मात्रा अधिक हुन्छ । यसले एसिडिटी तथा पेट दुख्ने समस्या निम्त्याउन सक्छ ।

कस्तो चिया पिउने ?

  • ग्रिन टी : ग्रिन टीले छालाको रङ गोरो हुन्छ ।
  • ब्ल्याक टी : यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई बचाउने काम गर्छ । यसले छालाको चमक बढाउँछ ।
  • पुदिनाको चिया : यसमा मेन्थाल हुन्छ । यसले चेहरा गोरो बनाउन मद्दत गर्छ ।
  • अदुवाको चिया : यसले छालाको चमक बढाउन मद्दत गर्छ । छालाका विभिन्न समस्याबाट बचाउँछ ।
  • लेमन टी : यसमा एन्टिब्याक्टेरियल तथा एन्टिभाइरल हुन्छ । यसले चेहरालाई गोरो बनाउन मद्दत गर्छ ।
  • जिराको चिया : यसमा एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डिफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैन ।

प्रतिक्रिया दिनुहोस्