Logo
|
Thursday 25th April 2024
Logo

epaper

जिम बीचैमा छोड्नु कति घातक ?



उकुसमुकुस सहरी जीवन, त्यसमा पनि व्यस्तता, व्यायाम गर्ने उचित ठाउँको अभाव, यस्तै विविध कारणले मानिस मोटोपनको सिकार भएका छन् । यस्तो समयबाट मुक्ति पाउन पछिल्लो समय युवाहरू जिमतिर आकर्षित भएका छन् । विशेषगरी, सहरी युवा एकाबिहानै जिम क्लबमा भेटिन्छन् । शरीर सुगठित बनाउन मात्र नभएर स्वस्थ रहनसमेत जिमको आवश्यकता महसुस हुन थालेको छ । हुन पनि नियमित जिम गर्ने हो भने यसका धेरै फाइदा छन् ।
फाइदा 
-जिमले शरीरलाई सुगठित बनाउनु त छँदै छ, शारीरिक र मानसिक स्वास्थ्यमा समेत यसले फाइदा पु-याउँछ ।
-नियमित जिम गर्दा शरीर सन्तुलित हुने, तनाव व्यवस्थापन, कोलेस्ट्रोल नियन्त्रण, आनन्दको अनुभूति, आत्मविश्वासमा वृद्धि, अनिद्राबाट मुक्ति र शरीरमा शक्ति सञ्चार आदिजस्ता फाइदा मिल्छ ।
-निरन्तर जिम गरेमा धूम्रपान, मद्यपानजस्ता कुलतबाट समेत बच्न सकिन्छ ।
-महिलाले जिम गरेका स्लिम बन्नुका साथै छालामा चमक आउन मद्दत गर्छ ।
बीचैमा जिम छोडेमा… 
-जिमका विभिन्न प्रकार छन् । तिनका लागि फरक–फरक समय हुन्छ । उक्त समयसम्म नियमित जिम गर्न अनिवार्य हुन्छ । जस्तोसुकै किसिमको जिम गर्न थाले पनि यसलाई निश्चित अवधिसम्म निरन्तरता दिनुपर्छ । तर, बीचैमा छोड्दा मोटोपन बढ्ने, शरीरमा ब्यालेन्स नमिल्ने आदि हुन सक्छ । यदि बीचैमा छोड्नुपर्ने अवस्था आएमा प्रशिक्षकको सल्लाह लिनु आवश्यक छ ।
-सधैँ जिम सेन्टरमा गएर जिम गर्नुपर्दछ । अर्थात्, कोचको प्रत्यक्ष निगरानीमा मात्रै जिम गर्नुपर्छ । घरमा बसेर आफैँले यसको अभ्यास गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । त्यसमा पनि युट्युबमा हेरेर नक्कल गर्दा दुर्घटना हुने सम्भावना रहन्छ ।
-जिम सामग्रीको ब्यालेन्स नमिल्दा शरीर बांगिने, मेरुदण्डमा समस्या आउने, मांसपेशी च्यातिने, हड्डी तथा जोर्नीमा हानि पुग्ने हुन्छ । त्यसैले घरमै बसेर जथाभावी जिम गर्ने बानी त्याग्यौँ । (उमेश खड्का नेपाल पुलिस हेल्थ क्लबका शारीरिक फिटनेस इन्स्ट्रक्टर (प्रशिक्षक) हुन् । )

प्रतिक्रिया दिनुहोस्