Logo
|
Friday 14th March 2025
Logo

epaper

स्टार हस्पिटलमा जोर्नी प्रत्यारोपण र छारे रोग सम्बन्धी साताव्यापी निःशुल्क परीक्षण परामर्शको वृहत शिविर

न्यूनतम शुल्कमा हिप तथा घुँडा फेर्ने प्याकेज उपलब्ध



लतिलपुरको सानेपास्थित स्टार हस्पिटलमा जोर्नी प्रत्यारोपण एवं छारे रोगसम्बन्धि साताव्यापी निशुल्क परीक्षण एवं परामर्शसम्बन्धि वृहत शिविर हुँदैछ । सम्पूर्ण चिकित्सीय विधाहरुमा पूर्णकालीन वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट उच्चस्तरीय स्वास्थ्य सेवा प्रारम्भ गरेको सुखद उपलक्ष्मा अस्पतालले सो शिविर शुरु गर्ने भएको हो । यसमा जोर्नी, हीप तथा घुँडा र छारे रोग सम्बन्धी निःशुल्क परीक्षण र परामर्श सेवा उपलब्ध गराइने अस्पतालका प्रबन्ध निर्देशक एवं वरिष्ठ इन्डोस्कोपिक सर्जन डा. शैल रुपाखेतीले जानकारी दिनुभयो । यहि भाद्र २० गते देखि २७ गते सम्म हुने सो शिविरमा हस्पिटलले सम्पूर्ण परीक्षणमा ५०% तथा औषधिमा १०% छुट प्रदान गर्नेछ । साथै न्यूनतम शुल्कमा हिप तथा घुँडा फेर्ने प्याकेज उपलब्ध भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्