Logo
|
Friday 26th April 2024
Logo

epaper

शाकाहारी भोजन भ्रम र फाइदा 



शाकाहारी भोजनका कारण इनर्जी कम हुन्छ भन्ने धारणा तपाईंमा छ भने पनि यसलाई आजैदेखि हटाउँदा हुन्छ । कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामिन बी–१२को कमीले हो । यी दुई पौष्टिक तत्व आपूर्तिको सबैभन्दा उत्तम स्रोत नै शाकाहारी खाना हो ।

  • शाकाहारी खाद्यपदार्थमा प्रोटिनको कमी हुन्छ भन्ने भ्रम छ । तर, सागसब्जीबाट प्राप्त हुने प्रोटिनले शारीरिक आवश्यकतालाई राम्रैसँग धान्छ । तोफु, बिन्स, दाल, फलफूल र रोटीबाट तपाईंले भरपूर मात्रामा प्रोटिन प्राप्त गर्न सक्नुहुन्छ ।
  • कतिपयले शाकाहारी खानामा आइरनको कमी भएको बताउँछन् । तर, त्यसो होइन । पालक, बिन्स र तोफुजस्ता शाकाहारी खानामा अत्यधिक आइरन हुन्छ ।
  • शाकाहारी भोजनका कारण इनर्जी कम हुन्छ भन्ने धारणा तपाईंमा छ भने पनि यसलाई आजैदेखि हटाउँदा हुन्छ । कुनै पनि मानिसको शरीरमा इनर्जी कम हुनुको कारण आइरन र भिटामिन बी–१२को कमीले हो । यी दुई पौष्टिक तत्व आपूर्तिको सबैभन्दा उत्तम स्रोत नै शाकाहारी खाना हो । पालक, दाल, फलफूल, बिन्स, काजुजस्ता खाद्यपदार्थबाट यस्ता पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ ।
  • रिसर्चले भनेको छ कि शाकाहारी खानामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले मानिसको पेट भरिराख्न सहयोग पु¥याउँछ । यसका साथै शाकाहारी भोजनले रगतमा सुगरको लेभल स्टेबल बनाई भोकको इच्छा कम गर्ने काम गर्छ ।
  • धेरै मानिसले मान्ने कुरा के पनि हो भने शाकाहारी खानामा बोसोको मात्रा पाइँदैन, जसले गर्दामा मानिसमा बोसोको कमी हुन थाल्छ । यसमा पनि कुनै सत्यता छैन । तर, फ्रेन्च फ्राई, तेलमा भुटेका पकौडा, भेजिटेरियन फुडमा बोसोको मात्रा हुन्छ भनेरचाहिँ सबैले भन्दै आएको कुरा हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्