Logo
|
Thursday 18th April 2024
Logo

epaper

यी हुन् भ्यान्टा खानुका फाइदा



भ्यान्टा हाम्रो भान्सामा पाकिरहने तरकारी हो । कतिपयलाई यो त्यति मन पर्दैन पनि । तर, यसका फाइदा भने अनेक छन् । यसलाई सन्तुलित आहारका रूपमा लिइन्छ ।

-भ्यान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्यांगानिज सेलेनियम आदि तत्व पाइन्छ  ।
-भ्यान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ ।
-यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले शरीरको पाचन प्रक्रियालाई मात्र व्यवस्थित गर्दैन कि कोलस्ट्रोल र चिनीको मात्रा पनि घटाउँछ ।
-भ्यान्टाको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । भ्यान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ ।
-भ्यान्टाको नियमित सेवनले मधुमेह, मुटुरोग, शरीरमा बोसो लाग्नेजस्ता स्वास्थ्य समस्याको जोखिमसमेत न्यूनीकरण गर्छ । -यसमा पाइने भिटामिन बी–६, सी, पोटासियम, वनस्पतिजन्य पोषक तत्वले मुटुजन्य स्वास्थ्य समस्यालाई कम गर्छ ।
-यसमा फ्याभोनाइड पनि अत्यधिक मात्रामा पाइन्छ । जसले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट उत्पादन गर्छ ।
भ्यान्टा सेवनले ब्याड कोलस्ट्रोललाई
-नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ ।
-भ्यान्टामा पाइने पोटासियमले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न सहयोगी भूमिका खेल्छ । जसले शरीरमा सोडियमको असरलाई निष्क्रिय बनाई रक्तचाप नियन्त्रण गर्छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्