Logo
|
Friday 26th April 2024
Logo

epaper

टिनएजरको सन्तुलित भोजन



किशोरावस्थाका दौरान तीव्र गतिमा शारीरिक विकास त हुन्छ नै पढाइ र करिअरको प्रेसरले गर्दा उनीहरू दैनिक भागदौडको अवस्थामा समेत हुन्छन् । त्यसैले, किशोर–किशोरीको शारीरिक तथा मानसिक विकास गर्न पोषणयुक्त आहार जरुरी छ । यद्यपि, आजभोलि धेरैलाई फास्टफुड खाने बानी परिसकेको छ । फास्टफुड खानु कतिपय अवस्थामा बाध्यता पनि हुने गर्छ । यस्ता खाद्यपदार्थले पेट त भर्छ । तर, किशोरावस्थाका व्यक्तिको समग्र विकासका लागि आवश्यक पोषण यसमा धेरै कम हुन्छ । यसरी फास्टफुडमा निर्भर रहँदा उनीहरूको शारीरिक वा मानसिक विकास प्रभावित हुन सक्छ । यसर्थ, हामीले किशोरावस्थाका व्यक्तिले आहारमा समावेश हुनुपर्ने केही अनिवार्य पोषण तत्वहरुको फेहरिस्त तयार पारेका छौँ ।आयोडिन 
गर्भवती, बच्चालाई जस्तै किशोर–किशोरीका लागि पनि आयोडिनको सही मात्रा पुग्न जरुरी छ । आयोडिनयुक्त नुनसँगै गोलभेडा, पालक, अन्डा, आलुलगायत खाद्यान्नमासमेत यसको सही मात्रा भेटिने भएकाले यी पदार्थ खान जरुरी छ ।
 फ्याट
हाम्रो मस्तिष्क एक फ्याटी अंग हो । तसर्थ, टिनएजर्सको डाइट प्लानमा फ्याट जरुरी हुन्छ । त्यसैले, मेवा, घिउ तथा तिलको तेललाई आफ्नो डाइट प्लानमा समावेश गर्नु उपयुक्त हुन्छ ।
 कार्बोहाइड्रेट 
केही अध्ययनका अनुसार बिहान नास्ता नलिने विद्यार्थी आफ्नो कक्षामा दिक्क भएर बसेको हुन्छ । यस्तो अवस्थाले इनर्जी लेभल घटाउँछ र दिमाग सुस्त बनाउन सक्छ । त्यसैले डाइटमा अन्न, फल बीज आदि समावेश गर्नु जरुरी छ । यसले ग्लुकोजका रूपमा दिमागको इन्धनको पहिलो स्रोतको रूपमा काम गर्छ ।
जिंक 
नसा र ब्रेन सेल्सबीच सञ्चार सम्बन्ध कायम राख्नका लागि जिंक महत्वपुर्ण हुन्छ । शरीरमा यसको कमी भयो भने बौद्धिक क्षमतामा विपरीत असर पर्न सक्छ । किशोरावस्थामा दिमागको सबैभन्दा धेरै प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले किशोर–किशोरीको डाइटमा बदाम, लसुन, बिउ, तिल तथा अन्डालगायत समावेश
गर्नुपर्ने हुन्छ ।
 भिटामिन बी 
शरीरको नर्भ सेल्सलाई दुरुस्त राख्न भिटामिन बी–९ र बी १२ को महत्वपुर्ण भूमिका हुन्छ । शरीरमा यसको कमी भयो भने सप्लिमेन्ट लिन आवश्यक हुन्छ । मांसाहारी खानामा प्रचूर मात्रामा यो उपलब्ध हुन्छ ।
०आइरन 
जब शरीरमा आइरनको कमी हुन्छ । तब पढाइमा मन लाग्दैन र थकानले सताउँछ । आइरनले दिमागको विकास गर्न र स्वस्थ्य राख्नका लागि महत्वपुर्ण भूमिका खेल्छ । यसबाट डोपामाइनजस्तो महत्वपूर्ण हर्मोन रिलिज हुन्छ । डोपामाइनले दिमागलाई खुसी राख्ने काम गर्छ । आइरन प्राप्त गर्न किशोर–किशोरीले आफ्नो डाइटमा हरियो सागसब्जी समावेश गर्नुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्