Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

चिकित्सकीय पेशामा व्यवसायिक आचारण




साधारण जनतादेखि उच्च पदस्थ कर्मचारी, नेता, गरिबदेखि अत्यन्त धनि सबैलाई मुटुरोगले छोएको छ । जन्मजात मुटु रोगीहरुको संख्या कम छैन । नेपालमा भएको कमन रोग मुटुको भल्भ बिग्रने समस्या हो । यसलाई मुटुको बाथ वा र्युम्याटिक हार्ट डिजिज भनिन्छ । नेपालमा सबैभन्दा धेरैलाई हुने समस्या उच्च रक्तचाप हो । हृदयघात धेरैलाई हुने समस्या हो । मुटुको चाल गडबढीको समस्या पनि धेरैलाई हुने गरेको पाइएको छ ।
चिकित्सकले गर्नुपर्ने प्रतिज्ञा
तपाईं आफ्नो व्यवसायिक आचरणलाई सम्झनुहोस् । व्यवसायिक आचारण र व्यापारलाई मिक्स अप नगरी शुद्ध व्यवसायिक आचारणलाई मात्र ख्याल राख्नुपर्छ । लोभलालचको भावना राख्न हुँदैन । आर्थिक प्रलोभनमा आवश्यकता भन्दा बढी जाँच गराउन हुँदैन । बिरामीको जाँच र उपचार विधिमा एकरुपता हुनुपर्छ । आफूले नसक्ने अवस्थामा सम्बन्धित विशेषज्ञलाई सिफारिस गर्नुपर्छ । मिलेर काम गर्नुपर्छ । अहङ्कारको भावना लिनुहुँदैन । थाहा नभएमा आफूभन्दा सानालाई पनि सोध्नुपर्छ । सम्बन्धित विधाका चिकित्सकहरुबीच सुझाव र सल्लाह लिएर काम गर्नुपर्छ । डाक्टर र अस्पतालले आफूहरु जनताका सेवक भएको बुझ्नुपर्छ । नाम र दाम कमाउने होडबाजी त्याग्नुहोस् । आफ्नो क्षमताभन्दा बढि काम गर्न खोज्दा विरामीले राम्रो उपचार पाउन सक्दैन र ठूलो क्षति हुनसक्छ ।
बिरामीले बुझ्नुपर्ने कुरा
अस्पताल छनौट गर्दा विज्ञापनको पछाडि लाग्न हुँदैन । आर्थिक अवस्था कमजोर भएका बिरामीले सरकारी अस्पतालबाट उपचार सेवा लिँदा राम्रो हुन्छ । तपाईको थैली मजबुद भएमा सही चिकित्सक र अस्पताल छनौट गरेर निजीमा जाँदा पनि हुन्छ ।
(डा. के.सी. २५ वर्षदेखि मुटु उपचार क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्