Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

यसकारण खानुपर्छ कालो चामल



कालो चामल युरोपेली देशमा अत्यधिक प्रयोग हुन्छ । यस्तो चामल नेपालका सुपरमार्केटहरूमा सजिलै उपलब्ध हुन्छ । र, नेपालको होटेल तथा रेस्टुरेन्टमा पनि यसको प्रयोग बढ्दै गएको छ । चीनमा पनि कालो चामलको प्रयोग अत्यधिक मात्रामा हुन्छ ।

कालो चामललाई जापान र कोरियामा सुसी बनाउन र इटालीमा रिसोटो बनाउने प्रयोजनमा प्रयोग गरिन्छ ।
यस्ता छन् कालो चामलको फाइदा

डाइबिटिजका बिरामीलाई कालो चामल निकै उपयोगी मानिन्छ ।

मुटुरोगीका लागि पनि कालो चामल लाभदायक मानिन्छ ।

यस्तो चामलमा प्रोटिन, आइरन हुने भएकाले अरूको तुलनामा बढी शक्ति प्रदान गर्छ ।

शरीरलाई सन्तुलित राख्न तथा मोटोपनालाई नियन्त्रण गर्न पनि यसको प्रयोग गर्न सकिन्छ ।

क्यान्सरका बिरामीका लागि समेत कालो चामल अत्यन्तै फाइदाजनक मानिन्छ ।

कालो चामलले विभिन्न रोगसँग लड्न सक्ने अतिरिक्त शक्तिसमेत प्रदान गर्छ ।

सिामान्यतया आधा कप पाकेको कालो चामलमा १६० क्यालोरी, १५ ग्राम चिल्लो पदार्थ, ३४ ग्राम कार्बोहाइड्रेट, २ ग्राम फाइबर, ५ ग्राम प्रोटिन र ४ प्रतिशत आइरन प्राप्त हुन्छ ।

कालो चामललाई प्राकृतिक र परम्परागत ग्लुटिन फ्री ग्रेनका रूपमा लिइन्छ । यो चामल पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिने भएकाले यसको साइड इफेक्ट हुँदैन ।

सिामान्य चामल तयार पार्दा यसलाई पोलिस गरी रिफाइन गरिन्छ । जुन स्वास्थ्यका लागि त्यति धेरै राम्रो मानिँदैन । यस्तो चामलको बोक्रा मात्र छिल्ने भएकाले पनि बढी स्वस्थकर मानिन्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्