Logo
|
Friday 19th April 2024
Logo

epaper

नर्सिङ संघको निर्वाचनः प्रा.मनकुमारी राईको प्रगतिशिल प्यानल विजयी



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ संघको १९ औं कार्य समिति चयनका लागि बुधबार (पौष ९ गते) भएको निर्वाचनमा प्रा. मनकुमारी राईको प्रगतिशिल प्यानल बिजयी भएको छ । राईले १ हजार २ सय मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभयो भने उहाँकी प्रतिद्धन्दी प्रा. मुना थापा रानाले ८ सय मत प्राप्त गर्नुभयो । निर्वाचनमा दुई हजार १ सय २० मत खसेको थियो । राजधानीलगायत मुलुकका २१ जिल्लाका विभिन्न अस्पताल,प्रतिष्ठानमा मतदान केन्द्र निर्धारण गरिएको थियो । नतिजाको औपचारिक घोषणा शुक्रबार २ बजेसम्म भइसक्ने निर्वाचन समितिले जनाइएको छ । प्रगतिशिल प्यानलबाट अध्यक्षतमा उम्मेदवारी दिएकी प्रा.राई र पेशागत प्यानलबाट अध्यक्षमा उम्मेदवारी दिएकी प्रा.थापा दुवै महाराजगञ्ज नर्सिङ क्याम्पसका प्राध्यापक हुन् । प्रा. राईले भने गत वर्षमात्र उमेर हदका कारण सेवा निवृत्त प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्