Logo
|
Saturday 20th April 2024
Logo

epaper

के हो ओसिडी ? यस्ता छन् लक्षण र उपचार



अब्सेसिभ कम्पल्सिभ डिसअर्डर (ओसिडी) एक किसिमको मनोरोग हो । जसमा बिरामीलाई बारम्बार एक किसिमको सोचाई आउँछ । उसलाई थाहा छ कि त्यो सोचाई गलत हो तर उसले चाहेर पनि नियन्त्रण गर्न सकिरहेको हुँदैन । यसमा मुख्यतया चार किसिमका लक्षणहरु देखा पर्दछन् ।
ओसिडी अफ कन्टामिनेसन (ocd of contamination)
यसमा बिरामीलाई फोहोर र संक्रमणको डर लाग्ने हुन्छ । कुनै बस्तु छुँदा, केही काम गर्दा, कतै जाँदा शरीर फोहोर भयो कि भन्ने सोचाई आउन थाल्छ । उसले यस्तो सोचाई हटाउन बारम्बार हात धुने, नुहाउने र कपडा परिवर्तन गरिरहने गर्छ ।
बढी शंका गर्ने
कहिलेकाहीँ सामान्य मानिसलाई पनि घरको ढोका राम्रोसँग बन्द गर्यो कि गरेन, ग्याँसको रेगुलेटर बन्द गर्यो कि गरेन भनेर दुविधा पैदा हुने गर्दछ । तर ओसिडीका बिरामीलाई यसबारे अत्याधिक शंका लागिरहन्छ । उनीहरु सबै कामकाज छाडेर खाली जाँच मात्र गरिरहन्छन् ।

इन्ट्रोसिभ थट (intrusive thoughts)

इन्ट्रोसिभ थट लक्षण देखिएको बिरामीको मनमा गलत सोचाई लगातार आइरहन्छ । मर्ने सोचाइ आउँछ । जतिबेला पनि मरम मरम लागिरहन्छ । उसलाई थाहा छ, यो गलत हो तर पनि नियन्त्रण गर्न सकिरहेका हुँदैनन् ।
परफेक्सन (Perfection)
ओसिडीका बिरामीहरु हरेक काम टक्क मिलेको होस् भन्न चाहान्छन् । कपडा लगाउँदा, कपाल कोर्दा, मेकअप गर्दा चिटिक्क मिलेको हुनुपर्छ । यसरी परफेक्सन खोज्ने चक्करमा कहिले काममा ढिला पुग्ने त काम पुरा नहुने हुन्छ । उनीहरुलाई जे काम गर्न पनि बढी समय लाग्दछ ।

उपचार
ओसिडी भएको बिरामीलाई औषधिय (फर्माकोलोजिकल) र मनोवैज्ञानिक (साइकोलोजिकल) दुई तरिकाबाट उपचार गर्न सकिन्छ । बिरामीलाई औषधि प्रेस्क्राइब गरिन्छ । नियमित औषधि सेवन गरेमा ८ देखि १६ हप्ता भित्रमा ओसिडी निको हुन सक्छ । औषधि सेवनसँगै बिरामीलाई मनोवैज्ञानिक व्यवस्थापन पनि गर्न सिकाइन्छ । यस भित्र बानी नियन्त्रण गर्ने थेरापी (बिहेवियर थेरापी) गर्न लगाइन्छ । जस्तै, फोहोर र संक्रमण बढी डर लाग्ने बिरामीलाई फोहोर छुन लगाएर हात धुन र नुहाउन नदिने । जसले गर्दा बिस्तारै आफुले आफुलाई रोक्न सक्ने क्षमताको विकास हुदै जान्छ । दुबै उपचार बिधि अपनाउदा पनि बिरामी निको भएन भने विधुतिय उपचार अपनाउन सकिन्छ । यसलाई इलेक्ट्रोकन्भल्जिभ थेरापी भनिन्छ । यो पनि ओसिडीको उपचार पद्धतिमै पर्दछ ।
(डा. सुनयना यादव वरिष्ठ मनोरोग विशेषज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्