नेभिगेशन

कोरोना भाइरसः संक्रमित संख्या छ लाख नाघ्यो

जनस्वास्थ्य सरोकार । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या छ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार मृतकको संख्या झण्डै साँढे २७ हजार पुगेको छ । विश्वका सबैजसो देशमा कोरोना भाइरसको संक्रमण भइसकेको छ । कुल ६ लाख १ हजार ९ सय ६७ संक्रमित भइसकेकामा १ लाख ३३ हजार ५ सय १९ उपचार भई घर फर्किएका छन् । मृतकको संख्या २७ हजार ४ सय ५६ पुगेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएका छन् । त्यहाँ संक्रमित संख्या १०४२५६ पुगेको छ । त्यसपछि इटालीमा ८६४९८ र चीनमा ८१३९४ पुगेको छ । सबैभन्दा बढी इटालीमा ९१३४ र स्पेनमा ५१३८ पुगेको तथ्यांक छ । देश        संक्रमित अमेरिका -१०४२५६ इटाली -८६४९८ चीन -८१३९४ स्पेन -६५७१९ जर्मनी -५३३४० फ्रान्स -३२९६४ इरान -३२३३२ बेलायत -१४५४३ स्वीटजरल्यान्ड -१३१३८ दक्षिण कोरिया -९४७८ नेदरल्यान्ड -८६०३ स्रोतः वोल्डोमिटर
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्