Logo
|
Friday 26th April 2024
Logo

epaper

आइतबार एकैदिन ४२५ संक्रमित थपिए, कुल संक्रमित ५,७६० , डिस्चार्ज ९७४ पुगे



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा बिहीबार थप २५० जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । रुकुममा नयाँ संक्रमित देखिएसँगै देशका ७३ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ५,७६० पुगेको छ । त्यसमा पुरुष ५३२४ र महिला ४३६ रहेका छन् ।

यसैगरी आइतबार ६१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ९७४ पुगेको छ । जसमा पुरुष ८७७ जना र महिला ९७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार, नेपालमा कोरोनाकै कारण हालम्म १८ जनाको मृत्यु भएको छ ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ ।
हालसम्म क्वारेन्टाइनमा १ लाख ४३ हजार ६४१ जना बसेका छन् भने ४ हजार ७६७ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् ।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेशमा र प्रदेश नं. २ मा सर्वाधिक संख्यामा मानिसहरू क्वारन्टीनमा रहेका छन् ।
अहिलेसम्म पीसीआर विधिबाट १ लाख २३ हजार ३७७ जना र आरडीटी विधिबाट २ लाख १० हजार ७२१ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,०८९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्