Logo
|
Friday 26th April 2024
Logo

epaper

४९९ जना रेडजोनमा, कुल संक्रमित ६,२११ , डिस्चार्ज १०४१ पुगे



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा सोमबार थप ४५१ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७३ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ६,२११ पुगेको छ । यसैगरी सोमबार ६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १०४१ पुगेको छ । जसमा पुरुष ९३७ जना र महिला १०२ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, नेपालमा कोरोनाकै कारण हालम्म १९ जनाको मृत्यु भएको छ ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ ।
हालसम्म क्वारेन्टाइनमा १ लाख ३३ हजार ८२९ जना बसेका छन् भने ५ हजार १५१ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् ।
अहिलेसम्म पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ जना र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ५,३०६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
सोमबार ४९९ जना रेडजोनमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्