जनस्वास्थ्य सरोकार, अत्तरिया । सुदूरपश्चिममा थ्रोट स्वाब सङ्कलनको कार्य रोकिएको छ । थ्रोट स्वाब राख्ने भाँडो अर्थात् भिटिएम नहुँदा स्वाब सङ्कलन पुनः रोकिएको हो । थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया ९भिटिएम० नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब सङ्कलन पूर्णरूपमा रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।
उहाँले सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भिटिएमको मौज्दाता सकिएपछि अहिले पूर्णरूपमा स्वाब सङ्कलनको कार्य रोकिएको बताउनुभयो । भिटीएम सङ्घीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, भिटीएम सकिएपछि शङ्कास्पद र कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको समेत स्वाब सङ्कलन हुनसकेको छैन ।
यसअघि सङ्कलन गरिएका दुई हजार ६६ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएकोमा अब धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरिएको आरडिटी–पिसीआर मेसिनमा स्वाब नभएर परीक्षण बन्द भएको जनाइएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन गरिएको भन्दै पाँच दिनका लागि स्वाब सङ्कलन रोकेको थियो । स्वाब सङ्कलन शुरु भएको एक सातामै फेरि भिटिएम सकिएपछि स्वाब सङ्कलन बन्द भएको छ । रासस
प्रकाशित मिति: बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य समस्याका कारण धुर्मुस परिवारसहित अमेरिका
शुक्रबार, मंसिर २६, २०८२
नेपाली सेनाले स्वास्थ्य तथा प्राविधिक सेवाका लागि नयाँ भर्ना खुलायो
शुक्रबार, मंसिर २६, २०८२ट्रेन्डिङ
