Logo
|
Wednesday 1st May 2024
Logo

epaper

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ४७ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं ।  गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २४७ पुगेको छ । गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ पुष्टि भएका २१ जना सबै भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् । संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसिरहेका छन् भने उनिहरुलाई अस्पताल लग्ने तयारी समेत भइरहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी गराए । डा.शर्माका अनुसार आज संक्रमण देखिनेमा नवलपरासी हप्सेकोट गाउँपालिकाका १४ जना पसरुष रहेका छन् । त्यसैगरि मध्यविन्दु नगरपालिकाका २ जना पुरुष छन् । स्थानीय तह नखुलेका एक जना वर्षका पुरुष र कावासोती नगरपालिकाका अर्का एक जना संक्रमितको स्वाब भरतपुर अस्पतालमा परीक्षण गरिएकोमा मङ्गलबार कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको हो । यस्तै, पर्वतको फलेवास नगरपालिकाका १९ र २१ वर्षीय पुरुष र ४६ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्