Logo
|
Tuesday 16th April 2024
Logo

epaper

भारतमा एकैदिन झण्डै १३ हजार नयाँ संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा एकैदिन झण्डै १३ हजार नयाँ संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ एकैदिन १२ हजार ८ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको छ भने हालसम्म १२ हजार २३७ जनाको मृत्यु भइसकेको छ । भारतमा १ लाख ९४ हजार संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

यसैगरी गत २४ घण्टामा ३ सय ३४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। कोरोना संक्रमित धेरै हुने देशहरुमध्ये अमेरिका, ब्राजिल र रुसपछि भारत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्