Logo
|
Tuesday 24th December 2024
Logo

epaper

बागलुङमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६६ पुग्यो



जनस्वास्थ्य सरोकार, बागलुङ । शुक्रबार विहान मात्रै बागलुङमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गल्कोट नगरपालिकाका २ महिला सहित ८ जना र काठेखोला गाउँपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी काठमाडाैं प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका ५ जना पुरुष र ढोरपाटन नगरपालिकाका १ जना महिला र ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । याे सँगै बागलुङमा संक्रमितकाे संख्या ६६ पुगेको छ ।

संक्रमण पुष्टि भएका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र गल्कोट नगरपालिकाका १९ जनालाई धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको प्रि-आइलोसेनमा ल्याउने तयारी गरिएको छ ।

ढोरपाटनका पाँच संक्रमितलाई भने सोही स्थानकै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिने कार्यालय प्रमुख गुरौले बताए । गण्डकी प्रदेशको पोखरामै पिसीआर गर्ने व्यवस्था गरिए पनि परीक्षणमा ढिलाई भए पछि जिल्लाका केहि स्वाब काठमाडाैं पठाइएको थियो ।

पोखरामा पठाईएको स्वाबको रिपोर्ट आउन एक साता कुर्नुपरेको छ भने काठमाडौंबाट पाँच दिनमा आएको छ । जिल्लामा अहिले पनि ७ सय बढीको पिसीआर रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्