नेभिगेशन

नव नियुक्त डीन प्रा.डा .दिव्यासिंह शाहद्धारा पदवहाली

जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) का नव नियुक्त डीन प्रा.डा . दिव्यासिंह शाहले पदवहाली गर्नुभएको छ । मुख्य कार्यालयको मुल गेटमा विद्यार्थीहरुले ताला लगाएपछि उहाँले दिउँसो मोहेगो भवनमा रहेको अस्थायी कार्यालयमा गएर पदवहाली गर्नुभएको डीन कार्यालयका प्रशासन प्रमुख बैकुन्ठ थपलियाले जानकारी दिनुभयो ।  उहाँका अनुसार पदवहाली समारोहमा सबै विभागीप्रमुख, फ्याकल्टी, अस्पतालका निर्देशक, मेट्रोन लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट