Logo
|
Tuesday 9th March 2021
E-paper Magazine

काठमाडौं उपत्यका प्रवेश गर्नेले पिसिआर परीक्षण गर्न नपर्ने, १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने



जनस्वास्थ्य सरोकार, काठमाडौं । अब उपत्यका भन्दा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुले काठमाडौं उपत्यका प्रवेश गर्नेले पिसिआर परीक्षण गर्न नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन ।

उनले काठमाडौंमा घर भाडामा बस्नेहरू काठमाडौं उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको खवर आएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । डा. गौतमले उपत्यका भित्रिने मानिसहरूले आउनेबित्तिकै कोरोना पिसिआर परीक्षण गर्न नपर्ने तर १४ दिनसम्म होम क्वारेन्टिनमा भने् बस्नुपर्ने बताएका छन ।

यसरी उपत्यका भन्दा बाहिरबाट प्रवेश गरी १४ दिन होम क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्छ । तर १४ दिनको अवधिमा लक्षण देखिएमात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्ने डा.गौतमको भनाइ छ ।

त्यसरी भित्रिएका मानिसहरूलाई अनावश्यक रूपमा परीक्षण गर्न दवाब नदिन सम्बन्धित घरबेटी र सर्वसाधारणलाई मन्त्रालयले अपिल गरेको छ । यसका लागि गृह मन्त्रालयमार्फत् उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार समेत गरिएको उनले बताएका छन ।

पछिल्लो समय उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्ने बढ्न थालेका छन । तर, घरबेटीहरुले कोरोना पिसिआर टेष्ट गरेर मात्रै घरभित्र बस्न बताउदै आएका छन । यसरी घरबेटीहरुले यस्तो तवाव दिन थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्