Logo
|
Thursday 26th November 2020
NEWS PAPER

कोरोना जितेर घर फर्किएका युवाले गरे आत्महत्या



जनस्वास्थ्य सरोकार, पाल्पा । कोरोना जितेर घर फर्किएका पाल्पाका एक युवाले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४ हुमिनका २० वर्षीय एक युवाले कोरोना जितेर घर फर्किएकै दिन सोमबार बेलुकी आत्महत्या गरेको वडाध्यक्ष भोजबहादुर बिकले जानकारी दिनुभयो ।

एक महिना अगाडि भारतको मुम्बईबाट घर फर्किएर घर नजिकैको जनहित भगवती माविको क्वरेण्टीनमा बसेको अवस्थामा ती युवामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमणपछि तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजको  आइसोलेसनमा राखिएको थियो । कोरोना निको भएर घर फर्किएकै दिन उनले घरकै दलानमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्