Logo
|
Friday 29th March 2024
Logo

epaper

बैतडीमा २०३ जना कोरोना संक्रमित ‘डिस्चार्ज’



जनस्वास्थ्य सरोकार, बैतडी। बैतडीबाट २०३ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । डिस्चार्ज गरिएकामा अधिकांश कोरोनाको पुनः परीक्षण नगरिएका रहेका छन् । जिल्लामा २८२ जनामा कोरोना पुष्टि हुँदा ७९ जनामात्रै स्थानीय तहले बनाएका ‘क्वारेन्टिन’मा तथा ‘आइसोलेसन’मा बसेका छन् । बाँकी २०३ जना संक्रमितलाई डिस्चार्ज गरिएको हो ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकामा सबैभन्दा बढी ५० जना संक्रमित रहेका छन् । शिवनाथ गाउँपालिकाका ४८ जनामा कोरोना पुष्टि भएकोमा सबै घरमै रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोगडाकेदार गाउँपालिकामा पनि ४३ जनामा कोरोना पुष्टि हुँदा सबैलाई यसअघि नै ‘होम’ आइसोलेसनमा पठाइसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्