करार सेवाबाट हटाएका ५९ स्वास्थ्यकर्मीहरुलाई पुनः जागिरमा फर्काइयो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवाबाट हटाएका ५९ स्वास्थ्यकर्मीहरुलाई पुनः जागिरमा फर्काएको छ । शुक्रबार अस्पताल प्रसासन र कर्मचारी युनियनबीच भएको वार्तामा स्वास्थ्यकर्मीहरुलाई पुन. जागिरमा राख्ने सहमति भएको हो । नेपाल मेडिकल कलेज कर्मचारी बोर्डका अध्यक्ष दिनेश पोखरेलले अस्पतालले करार सेवाबाट निकालेको ५९ स्वास्थ्यकर्मीलाई पुनः जागिरमा राख्ने सहमति अस्पतालले गरेको जानकारी दिनुभयो । साउन १ गतेबाट लागु हुने गरी सो अस्पतालले ५९ जना स्वास्थ्यकर्मीलाई जागिरबाट हटाएको थियो ।