Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको संख्या १७,८४४ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७,८४४ पुगेको छ ।

यसैगरी आइतबार १७३ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोनासंक्रमणबाट निको हुनेहरुको संख्या ११,८६८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।
हाल क्वारेन्टाइनमा बस्नेको संख्या २२,२२८ रहेको छ भने ५,९३६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् । विगत २४ घण्टामा देशभरका २७ ओटा प्रयोगशालामा ४२१६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्