Logo
|
Friday 29th March 2024
Logo

epaper

उत्तर कोरियामा देखियो कोरोनाको पहिलो संक्रमण, किमले बोलाए आकस्मिक बैठक



जनस्वास्थ्य सरोकार, काठमाडौँ । उत्तर कोरियामा पहिलोपटक कोभिड–१९ को संक्रमण भेटिएपछि किम जोङ उनले आकस्मिक बैठक आइतवार बोलाएको उत्तरको सरकारी समाचार संस्था केसीएनएले खबर दिएको छ । संक्रमित व्यक्ति काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया पसेको बताइएको छ । उक्त व्यक्ति तीन वर्षअघि दक्षिण कोरियातिर भागेको बताइन्छ ।  उसलाई स्वास्थ्य जाँचबुझ गरिएको र क्वारेन्टीनमा राखिएको र उससँग सम्पर्कमा आएका सबैलाई क्वारेन्टीनमा राखिएको बताइएको छ ।

किमले काएसोङ वरपरका क्षेत्रमा एकान्तवासका उपाय कडाइका साथ लागू गर्न आदेश दिएका छन् र उक्त क्षेत्रमा आपतकाल घोषणा गरेका छन् ।  देशको सेन्ट्रल मिलिटरी कमिसनले संक्रमित व्यक्तिलाई अवैध रूपमा देश प्रवेश गर्न दिनमा जिम्मेवार इकाइको खोजी गर्ने र कठोर दण्ड दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्