Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपालमा थप ३११ जनामा कोरोनासँक्रमण पुष्टि, संक्रमितहरुको सँख्या १९ हजार नाघ्यो 



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३११ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ८७५पुगेको छ ।

हाल १५ हजार ३३१ जना क्वारेन्टाइनमा रहेका छन भने ५ हजार १२९ जना आइसोलेसनमा रहेका छन ।  वितेको २४ घण्टामा ५ हजार ३२ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्