Logo
|
Friday 19th April 2024
Logo

epaper

देशभर थपिए २४६ जना कोरोना सँक्रमित, संक्रमितहरुको सँख्या २०३३२ पुग्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १११ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । हाल १० हजार ९३४ जना क्वारेन्टाइनमा रहेका छन भने ५ हजार ६७२ जना आइसोलेसनमा रहेका छन ।
वितेको २४ घण्टामा ८ हजार ८६१ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्