Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा थपिए ३१ जना कोरोना संक्रमित



जनस्वास्थ्य सरोकार, काठमाडौं ।  काठमाडौं उपत्यकामा आज ३१ जनामा कोरोना भाइरस पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज उपत्‍यकामा ३१ जनामा कोरोना भाइरस परिक्षण देखिएको बताएका हुन्। उनका अनुसार  आज शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११  र ललिपुरका ४ जना,  त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरको एक जना,  स्टार अस्पतालको परिक्षणमा ललितपुरका ३ जना, प्रहरी अस्पतालको परिक्षणमा काठमाडौंको  २ जना यस्तै वीर अस्पतालको परिक्षणमा काठमाडौंको एक जना र नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरको एक जनामा कोरोना देखिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्