Logo
|
Friday 19th April 2024
Logo

epaper

सेना, प्रहरी र पत्रकारसहित ७३ जनामा कोराना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, विरगन्ज। पर्सामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहितलाई कोरोना पुष्टि भएको हो । संक्रमित सबैको परिक्षण रिपार्ट आईतबार राती आएको हो । संक्रमित मध्ये ६१ जना पुरुष र १२ जना महिला रहेका छन् ।

संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।

संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा जिल्लाभर विस्तार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्