Logo
|
Monday 20th September 2021
E-paper Magazine

शुक्रबार देशभर थपिए ५९४ कोरोना संक्रमित, थप ४ जनाको मृत्यु, २४० निको भए

संक्रमितको संख्या २५ हजार नाघ्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५९४ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये काठमाडौँका ८३ जना र ललितपुरका ३० जना र भक्तपुरका ६ जना रहेका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २४० जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

हाल १४ हजार ६३८ जना क्वारेन्टाइनमा रहेका छन भने ७ हजार ९१३ जना आइसोलेसनमा रहेका छन । वितेको २४ घण्टामा ११ हजार ५७५ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्