जनस्वास्थ्य सरोकार, काठमाडौं । कागेश्वहरी-मनोहरा नगरपालिकामा समुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिएको पाइएको छ। एकै वडाका ४२ जनामा संक्रमण फैलिएसँगै कागेश्वरीमा संक्रमितको संख्या ८२ पुगेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए।
उनका अनुसार नगरपालिकाको ७ र ९ नम्बर वडामा समुदायस्तरमै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। नगरपालिका-९ स्थित वीरेन्द्र चोक आसपासमा मात्रै ४२ जना संक्रमित भेटिएका छन्। ट्राभल हिस्ट्री नै नभएकामा पनि कोरोना संक्रमण देखिएको छ। प्रवक्ता पुडासैनीले भने, 'ट्राभल हिस्ट्री' नभएकालाई पनि संक्रमण भएको छ, कागेश्वरी-९ मा एउटै घरका ५ देखि ७ जनासम्म संक्रमण देखिएको छ।'
त्यसैगरी वडा नम्बर ७ अम्बरसिंह चोक क्षेत्रमा २० जना कोरोना संक्रमित भेटिएका छन्। नगर प्रवक्ता पुडासैनीका अनुसार नगरपालिकामा हालसम्म संक्रमितमध्ये ३० जना डिस्चार्ज भएका छन् भने १० जना आइसोलेसनमा र ५१ जना क्वारेन्टाइनमा छन्। आइतबार थप रिपोर्ट आउने नगरपालिकाले जनाएको छ। एकजनाको भने कोरोनाबाट मृत्यु भएको छ।
नगरपालिकामा प्रत्येक हप्ताको सोमबार र शुक्रबार बिहान ९ बजे देखि १ बजेसम्म पीसीआर परीक्षण हुँदै आएको छ। नगरपालिका ६ स्थित मुलपानीस्थित नगर अस्पतालमा नगरवासीको कोरोना परीक्षण हुँदै आएको छ।
कुन वडामा कति संक्रमित
वडा नं. १ मा महिला २ जना र पुरूष २ जना
वडा नं. २ महिला छैन र पुरूष ३ जना
वडा नं. ३ महिला छैन र पुरूष १ जना
वडा नं. ४ महिला छैन र पुरूष २ जना
वडा नं. ५ महिला छैन र पुरूष १ जना
वडा नं. ६ महिला ३ जना र पुरूष ७ जना
वडा नं. ७ महिला ८ जना पुरूष ९ जना
वडा नं. ८ महिला २ जना पुरूष ५ जना
वडा नं. ९ महिला ६ जना पुरूष २५ जना
- महिला २१ जना
- पुरूष ५५ जना
भाद्र ५ गतेसम्म ७६ जना मात्र। अन्नपूर्णपोष्टबाट
समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि केही ठाउँमा सिल गरिएको छ। प्रवक्ता पुडासैनीले भने,' खहरेचोकदेखि वीरेन्द्रचोकसम्म पूरै सिल गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको ९ स्थित वीरेन्द्रचोकदेखि गान्धी मोड हुँदै खहेरे चोकसम्म एम्बुलेन्स बाहेक सम्पूर्ण यातायात र आवागमन पूर्ण रुपले निशेष गरिएको छ.'
उनका अनुसार नगरपालिकाको ७ र ९ नम्बर वडामा समुदायस्तरमै सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। नगरपालिका-९ स्थित वीरेन्द्र चोक आसपासमा मात्रै ४२ जना संक्रमित भेटिएका छन्। ट्राभल हिस्ट्री नै नभएकामा पनि कोरोना संक्रमण देखिएको छ। प्रवक्ता पुडासैनीले भने, 'ट्राभल हिस्ट्री' नभएकालाई पनि संक्रमण भएको छ, कागेश्वरी-९ मा एउटै घरका ५ देखि ७ जनासम्म संक्रमण देखिएको छ।'
त्यसैगरी वडा नम्बर ७ अम्बरसिंह चोक क्षेत्रमा २० जना कोरोना संक्रमित भेटिएका छन्। नगर प्रवक्ता पुडासैनीका अनुसार नगरपालिकामा हालसम्म संक्रमितमध्ये ३० जना डिस्चार्ज भएका छन् भने १० जना आइसोलेसनमा र ५१ जना क्वारेन्टाइनमा छन्। आइतबार थप रिपोर्ट आउने नगरपालिकाले जनाएको छ। एकजनाको भने कोरोनाबाट मृत्यु भएको छ।
प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्
ट्रेन्डिङ
