Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य सामग्रीबिना ड्युटीमा खटिन बाध्य पारेको भन्दै विपीका नर्स उत्रिए आन्दोलनमा



जनस्वास्थ्य सरोकार, धरान ।  फ्रन्ट लाइनमा बिरामीको उपचारमा खटिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । कोरोना संक्रमित र अन्य बिरामीहरुको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठानले स्वास्थ्य सामग्रीबिना डिउटीमा खटिन बाध्य पारेको भन्दै सोमबारदेखि आन्दोलित भएका हुन्।

प्रतिष्ठान भर्ना भएका बिरामीको उपचारमा खटिँदा स्वास्थ्य प्रोटोकल अनुसारका स्वास्थ्य सामग्री उपलब्ध नगराएको र नर्सहरुको सुरक्षामा चासो नदेखाएका कारण बाध्य भएर आन्दोलित हुनु परेको प्रतिष्ठानको आइसीयू विभागमा कार्यरत त्रिवेणी ढकालले गुनासो गरिन् । फ्रन्ट लाइनमा बिरामीको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठान व्यवस्थापन पक्षले पीपीइ, पन्जा र माक्स समेत नदिएको उनको गुनासो छ ।

सोमबार मात्रै प्रतिष्ठानको आइसीयूमा उपचाररत आठजना बिरामीको कोरोना पुष्टि भएको छ ।  कोरोना पोजिटिभ देखिएका बिरामीको उपचारमा संलग्न नर्सलाई क्वारेन्टाइनमा नपठाइ सिधै डीउटीमै खटाएपछि नर्सहरु आन्दोलित भएका हुन् ।

संक्रमितको कन्ट्रयाकमा रहेकाहरुको पीसीआर चेक गरी तत्काल क्वारेन्टाइन पठाउनुपर्ने भएपनि प्रतिष्ठानले डिउटीमा नै खटाएपछि अन्य बिरामी र आफ्नो सुरक्षाका लागि आन्दोलित हुनु परेको अर्की नर्स स्मेरिका घिमिरेले बताइन् ।

कोरोना संक्रमितको उपचारमा संलग्न नर्सहरुलाई अन्य बिरामीको उपचारमा खटाउँदा संक्रमण फैलने भएकाले आफूहरु सचेत भएर क्वारेन्टाइनमा पठाउन माग गर्दा वेवास्था गरेको प्रतिष्ठाकी अर्की नर्स सारजु राईले बताइन् । प्रतिष्ठानको आइसीयू, एमआइसीयू, प्रसूति वार्ड, मेडिसिन वार्डमा भर्ना भएका बिरामीलाई समेत कोरोना देखिएपछि स्टाफ नर्सहरुमा समेत कोरोना भाइरसको संक्रमण देखिएको छ।

प्रतिष्ठानमा हालसम्म दर्जन बढी स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ। प्रतिष्ठानले उच्च सावधानी स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन् । बिरामीको उपचारमा संलग्न डाक्टरलाई क्वारेन्टाइनको व्यवस्था गरेपनि नर्सलाई भने क्वारे‍न्टाइनको व्यवस्था नगरी विभेद गरिएको आन्दोलित नर्सहरुले बताए।

प्रतिष्ठान अस्पताल निर्देशक डा. गौरीशंकर साहले आर्थिक शंकटका कारण नर्सहरुलाई भनेअनुसारको स्वास्थ्य सामग्री उपलब्ध गराउन नसकिएको बताए । उनले कोरोनाका कारण प्रतिष्ठानको ओपीडी सेवा बन्द गर्नुपरेकाले दैनिक ५० लाख घाटा बेहोर्नु परेको बताए। अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्