Logo
|
Wednesday 25th November 2020
NEWS PAPER

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि



नेपाल हेल्थ न्युज, कास्की । गण्डकी प्रदेशमा पोखराका दुई जना पर्यटन प्रहरीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा बिनोदविन्दु शर्माले गण्डकी प्रदेशका तनहुँमा ४, कास्कीमा तीन जना, लमजुङ दुई जना र नवलपुर पुर्वमा आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

पोखराको लेकसाइडस्थित रहेको पर्यटन प्रहरी कार्यालयका २८ र २९ वर्षका दुई जना पर्यटक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।त्यसैगरी पोखरा वडानं.३० का ५० वर्षीया एक जना महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको निर्देशक उनले बताए ।

निर्देशक डा शर्माका अनुसार नवलपरासी पूर्वमा आठ जना, लमजुङमा दुई र तनहुँमा चार जनामा संक्रमण पुष्टि भएको छ । योसँगै  प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २२ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्