Logo
|
Tuesday 16th April 2024
Logo

epaper

धूम्रपान त्याग्न खानुहोस् यस्ता खानेकुरा



‘धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ यो प्रचलित नारा सत्य हो । किनकि, धूम्रपानकै कारण मुटुमा समस्या र क्यान्सरजस्ता रोग लाग्न सक्छन् । तर, यो कुरा थाहा हुँदाहुँदै पनि अधिकांश मानिस धूम्रपान गर्छन् । धूम्रपान धेरै गरे यो क्रमशः कुलतका रूपमा विकसित हुन्छ । यसको कुलतबाट छुटकारा पाउन गाह्रै भए पनि असम्भव भने छैन । केही यस्ता खानेकुरा छन्, जसले धूम्रपानबाट छुटकारा पाउन मद्दत गर्छन् :

गोलभेँडा
गोलभेँडाको दैनिक सेवन गर्ने हो भने यसको सुगन्धले चुरोटको गन्धलाई कम गर्दै लान्छ । गोलभेँडा र सुर्ती एउटै प्रजातिका बोटबिरुवा हुन् । त्यसैले, गोलभेँडाले निकोटिनको असरलाई छिटै प्रभावित बनाउँछ । गोलभेँडाको जुस सेवन गर्नु झनै फाइदाजनक हुन्छ ।

अदुवा
अदुवाले धूम्रपानको लत हटाउन प्रभावकारी भूमिका खेल्छ । यसका लागि एक चम्चा चिनीमा एक टुक्रा अदुवा पिँधेर पानीमा राख्ने । अनि, नियमित सेवन गरेमा धूम्रपानलाई बिस्तारै बिर्सन सकिन्छ ।

दूध
दूध स्वास्थ्यका लागि धेरै कोणबाट फाइदाजनक छ । दैनिक एक गिलास दूध पिउने हो भने चुरोट पिउन मनै लाग्दैन ।
सुन्तला
सुन्तलामा पाइने भिटामिन सीको मात्राले चुरोट पिएका कारण पुगेको क्षतिलाई न्यूनीकरण गर्छ । साथै, चुरोटको तलतल लागेका वेला सुन्तला वा यसको रस खाने गर्नुपर्छ । जसले तलतल कम हुन्छ र बिस्तारै चुरोट पिउने बानी हटाउन सकिन्छ ।

काजु र बदाम
चुरोट पिउनु भनेको मुखलाई व्यस्त राख्नु हो । काजु वा बदाम मुखमा राखेर बस्दासमेत मुख व्यस्त हुन्छ । क्रमिक रूपमा चुरोटको लतबाट बच्न सकिन्छ । साथै, यी दुई चिज खाएमा निकोटिनले पार्ने असरसमेत कम गर्न मद्दत गर्छ ।

विभिन्न फलफूल र तरकारी
काँक्रो, गाँजर, ब्रोकाउली, ज्वानो आदिजस्ता काँचै चपाएर खान मिल्ने तरकारी तथा फलफूल नियमित सेवन गरेमा सुर्तीजन्य पदार्थबाट छुटकारा मिल्छ । यस्ता मौसमी फलफूल र ताजा तरकारी सधैँ खाएमा चुरोट बिस्तारै बेस्वादे लाग्न थाल्छ ।

 

प्रतिक्रिया दिनुहोस्