Logo
|
Thursday 25th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा मात्र एकै दिन ४ सय ८ जनामा कोेभिड-१९ पुष्टि



नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं उपत्यकामा मात्र एकै दिन ४ सय ८ जनामा कोेभिड-१९ पुष्टि भएको छ । त्यसमध्ये काठमाडौँमा ३२६, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जनामा कोभिड १९ पुष्टि भएको हो ।

शनिबार १०४१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै मुलुकमा संक्रमितहरुको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ ।

यसैगरीएकै दिन १ हजार ५ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हालसम्म ६० प्रतिशत अर्थात २७ हजार १२७ ले कोरोना जितेका छन् ।

आज कोभिडबाट ९ जनाको ज्यान गएको छ । यसरी मुलुकमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या २ सय ८० पुगेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी गराउनुभएको छ ।

हाल मुलुकमा १२ हजार ४७३ जनाको पीसीआर परीक्षण भएको र सक्रिय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्