Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोभिड-१९ बारे अफवाह फैलाउने एक चिकित्सक पक्राऊ



जनस्वास्थ्य सरोकार, ललितपुर । कोभिड-१९ कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिहरुबाट मिर्गौला, कलेजो निकाल्ने गरिन्छ भन्ने अफवाह फैलाउने एकजना प्राकृतिक चिकित्सक ललितपुरबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले प्राकृति चिकित्सक सुवास सुब्बा लिम्बुलाई ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो ।

लिम्बुले एक युट्युब च्यानलमा अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए । उनले नेपालमा सरकारमा मगन्तेहरु बसेका र कोरोना भ्रष्ट्राचार गर्ने बहाना भएको उनले बताएका थिए । उनले कोरोना भ्याक्सिन आफूले बनाएको दावीसमेत गरेका छन् । यसरी समाजमा अफवाह फैलाउने अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको जनाइएको छ ।

मुलुकी अपराध संहिता ०७४ को दफा ७० मा झुटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्