Logo
|
Friday 26th April 2024
Logo

epaper

सोमबार ९७९ मा कोभिड पुष्टि, देशभर कुल ३०,६७७ जनाले जिते कोभिड—१९



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा सोमबार ९ सय ७९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ४७,२३६ पुगेको छ।

यसैगरी आज ११ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सयको मृत्यु भएको छ । अहिलेसम्म मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ । यो कुल संक्रमितको ६५ प्रतिशत हो ।  हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १६ हजार २५९ रहेको छ । हाल ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार १९० जना होम आइसोलेसनमा छन्। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्