जनस्वास्थ्य सरोकार, काठमाडौं । उपत्यकामा थप ३२६ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौँमा २९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनालाई संक्रमण भएको हो ।
मुलुकमा सोमबार ९ सय ७९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ४७,२३६ पुगेको छ।यसैगरी आज ११ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सयको मृत्यु भएको छ । अहिलेसम्म मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ पुगेको छ । यो कुल संक्रमितको ६५ प्रतिशत हो । हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १६ हजार २५९ रहेको छ । हाल ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार १९० जना होम आइसोलेसनमा छन्। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन् ।
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
