Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपाल तरुण दलद्धारा वीर र पाटन अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण



नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल तरुण दलले १०७ औं वी.पी. जयन्तीको अवसर पारेर दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति निकालेर वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभाग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को हाडजोर्नी विभागलाई एक एक हजार थान मास्क, बीस बीस थान पीपीई सेट र बीस बीस थान फेस शिल्ड प्रदान गरेको जानकारी दिएको हो ।

यस्तो छ प्रेस विज्ञप्ति :

मिति : २०७७/०५/२४

प्रस्तुत विषयमा अहिले कोभिड(१९ कोरोना भाईरसको जोखिम दिन प्रति दिन बढिरहँदा यो अवस्थामा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मी साथीहरुले काम गरिरहनु भएको छ । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै १०७ औं वी.पी जयन्तीको अवसरमा आज मिति २०७७ भाद्र २४ गते बुधबार बिहान छुट्टाछुट्टै कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड) र वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड) नेपाल तरुण दल केन्द्रिय समितिद्वारा हस्तान्तरण गरिएको छ । साथै यस काममा स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याईदिनुहुने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खान ज्यूलाई दलको केन्द्रिय समिति हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
जय नेपाल ।

 

प्रतिक्रिया दिनुहोस्