Logo
|
Thursday 25th April 2024
Logo

epaper

थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नजिक



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बुधबार १ हजार ८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ४९,२१९ पुगेको छ।

यसैगरी आज ६ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सय १२ को मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३३, ८८२ पुगेको छ । यो कुल संक्रमितको ६८.८ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार २५ रहेको छ । हाल ७ हजार ९८८ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार ३७ जना होम आइसोलेसनमा छन्। हाल ५ हजार ४८० जना क्वारेन्टाइनमा छन् । बुधबार ११,१६७ जनाको पिसिआर गरिएको छ । हाल पसिआर परीक्षणको संख्या ७ लाख ९९ हजार ३४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्