Logo
|
Monday 19th April 2021
E-paper Magazine

काठमाडौँ उपत्यकामा एकैदिन ४६४ जनालाई कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

काठमाडौंका ३९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।  मुलुकमा बुधबार १०८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा संक्रमितहरुको संख्या ४९,२१९ पुगेको छ।

यसैगरी आज ६ जनाले कोभिड १९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सय १२ को मृत्यु भएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३३, ८८२ पुगेको छ । यो कुल संक्रमितको ६८.८ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्