Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना संक्रमित आईएमई ग्रुपका अध्यक्ष ढकाल ह्याम्स अस्पतालको आईसियूमा



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको धुम्वराहीस्थित ह्याम्स अस्पतालको आईसियू कक्षमा उपचार भइरहेको छ ।

गत असोज १३ गते उहाँमा कोरोना पुष्टि भएको थियो । शुरुमा ढकाल होम आइसोलेसनमा बस्नुभएको थियो । स्वास्थ्यमा समस्या आएपछि गत बिहीबार ह्याम्स अस्पतालमा आउनुभएका ढकाल शुक्रबार डिस्चार्ज हुनुभएको थियो ।

डिस्चार्ज भएको दुईदिनपछि पुनः श्वासप्रश्वासमा समस्या आएपछि ढकाललालई आईतबार ह्याम्सको आईसियू कक्षमा भर्ना गरिएको छ । ढकालको उपचारमा वरिष्ठ क्रिटिकल केयर विशेषज्ञ डा.हेम पनेरुलगायतका चिकित्सकहरुको संलग्नता रहेको छ । हाल उहाँको स्वास्थ्यवस्था सामान्य हुँदै गएको डा. पनेरुले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्