Logo
|
Friday 26th April 2024
Logo

epaper

नेपाल औषधि व्यवसायी संघद्धारा नवनियुक्त महानिर्देशकलाई शुभकामना र बधाई, महानिर्देशकबाट व्यवसायीक सहजीकरणको आश्वासन



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागका नवनियुक्त महानिर्देशक भरत भट्टराइलाई वधाई ज्ञापन गरेको छ ।
नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयको नेतृत्वमा औषधि व्यवसायी संघ जिल्ला शाखा काठमाडौं, ललितपुर र भक्तपुरका पदाधिकारीहरुले संयुक्त रुपमा नवनियुक्त महानिर्देशक भट्टराईलाई स्वागत एवं वधाइ ज्ञापन गरेका हुन् ।

नवनियुक्त विभागका महानिर्देशक भट्टराईले व्यवसायीहरुको समस्या समाधान र सहजीकरणका लागि आफू सक्रिय भएर लाग्ने आश्वासन दिनुभएको छ ।

कोभिड महामारीका कारण सृजित लकडाउन, नाकाबन्दी आदिका कारण औषधि पसल र व्यवसायी कार्ड नविकरणका लागि राजधानीबाहिरबाट व्यवसायीहरु काठमाडौं आउन सक्ने अवस्था छैन । यसरी नविकरण गर्न नसकेर थुप्रै व्यवसायीहरुलाई समस्या परेको छ । करिब ५ हजार रुपियाँ शुल्क लाग्ने ठाउँमा जरिवाना २५ हजार रुपियाँसम्म तिर्नुपर्ने अवस्था सृजना भएको छ । यसका साथै व्यवसायी स्वयं उपस्थित भएर नविकरण गर्नुपर्ने अवस्था छ । साथै व्यवसायी कार्ड आएपछि मात्र औषधि पसल नविकरण हुने सिस्टमले औषधि व्यवसायीहरु निकै मर्कामा परेका छन् । ५ सय प्रतिशतसम्म जरिवाना लगाएर व्यवसायीहरुलाई अफ्ट्यारोमा पारेको अवस्था छ ।

‘कार्यान्वन पक्ष फितलो छ । यस प्रकारको समस्या समाधानका लागि हामीले नवनियुक्त महानिर्देशक भट्टराईप्रति ठूलो आशा र भरोसा राखेका छौं ।’—संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले भन्नुभयो ।

यसका साथै अध्यक्ष श्रेष्ठले कोभिड उपचारका लागि अनुसन्धानात्मक प्रायोजनका लागि प्रयोग गरिँदै आएको रेम्डेसिभिर औषधि मुलुकमा आयातका लागि सक्षम सबै आयातकर्ता औषधि व्यवसायीहरुलाई स्वीकृति प्रदान गर्न आग्रह गर्नुभयो ।

हालसम्म यति फर्माकेम डिस्ट्रिव्युटर्स प्रा.लि. ललितपुर , सिनर्जी ओभरसिज प्रा.लि. काठमाडौं, भेभिस लाइफ साइन्स प्रा.लि. लगायत ३ वटा आयातकर्ताहरुले मात्र मुलुकमा रेम्डेसिभिर आयातका लागि स्वीकृति पाएका छन् ।

औषधि व्यवसायी संघका महासचिव राम चन्द्र शर्माले विभागबाट हुने काममा सहजता ल्याउन नवनियुक्त भट्टराइप्रति ठूलो आशा र भरोसा भएको बताउनुभयो ।
नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले नयाँ फार्मेसी दर्ता गर्दा संघको स्वीकृति लिएर गर्नुपर्ने परिपाटीको विकास गर्न नवनियुक्त महानिर्देशक भट्टराईलाई आग्रह गर्नुभयो ।

काठमाडौं शाखाका महासचिव शुभमान श्रेष्ठले नयाँ फर्म दर्ता गर्दा ५ सय मिटरभित्र कतिवटा फार्मेमी छन् ? भन्ने एकिन तथ्यको आधारमा नयाँ पसल सञ्चालन अनुमति दिन आग्रह गर्नुभयो । यसबाट रजिष्टर्ड र नन रजिष्टर्ड छानिने उहाँले स्पष्ट पार्नुभयो ।

हाल मुलुकमा औषधि पसल सञ्चालन गर्ने करिब २३ हजार औषधि व्यवसायीहरु रहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्