
सो अवसरमा कोभिड—१९ को महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने औषधि व्यवसायीहरुले सुरक्षित रहेर सेवाग्राहीलाई कसरी सुरक्षाका साथ सेवा उपलब्ध गराउने ? कोभिड—१९ बारे मिथ्या र सत्य के हो ? लगायतका प्रश्नमा छलफल गरिएको थियो ।
सो अवसरमा औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले कोभिड—१९ बारे विशेष गराउनुभएको थियो भने केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ, उपाध्यक्ष (थोक) सुनिल श्रेष्ठ, महासचिव रामचन्द्र शर्मा, बाग्मती अञ्चल शाखा अध्यक्ष ध्रुब नारायण श्रेष्ठले कोभिड—१९ को यो महामारीमा व्यवसायीहरुले उपभोक्ताहरुलाई सेवा प्रदान गर्दा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
सो अवसरमा काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले कार्यक्रममा अमुल्य समय दिएकोमा सहभागी सम्पूर्ण व्यवसायीहरुलाई धन्यावद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो । हाल मुलुकभर रहेका २१ हजार भन्दा बढी औषधि व्यवसायीहरुले देशका विभिन्न ठाउँमा छरिएर औषधि सेवा उपलब्ध गराइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट

पत्रकार रजकको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, शरीरमा गोली लागेको कुनै प्रमाण भेटिएन
बुधबार, चैत २०, २०८१
अस्पतालको स्तरोन्नति र सेवा विस्तार गर्दै गण्डकी प्रदेश
बुधबार, चैत २०, २०८१
आज विश्व अटिजम जागरुकता दिवस २०२५ः अटिजम भएका व्यक्तिहरुको अधिकार र सम्मान
बुधबार, चैत २०, २०८१
तीनकुने प्रदर्शनमा मृत्यु भएका सविन महर्जनको शव परिवारलाई हस्तान्तरण, गोली लागेको पुष्टि
मंगलबार, चैत १९, २०८१
आवासीय चिकित्सकद्धारा पुनः आन्दोलनको चेतावनी, यस्ता छन् माग
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ