नेभिगेशन

दीर्घरोगी, चाडबाड र खानपान

जनस्वास्थ्य सरोकार, काठमाडौं । चाडवाडमा गुलियो, पिरो, चिल्लो र मासुलगायतका परिकारहरुको अत्यधिक प्रयोग हुने गर्छ । यो बेला दीर्घरोगीहरुले खानपानमा निकै ख्याल गर्नुपर्छ । बाथरोगी के नखाने ?
  • रातो मासु (खसी, राँगा आदिको मासु)
  •  रक्सी
  • गोलभेडा
  •  पालुंगोको साग
  • तामा
  •  गुन्द्रुक
  •  अमिलो पदार्थ
  • काउली नखाँदा नै राम्रो हुन्छ । यदि खान मन लागेको अवस्थामा थोरै मात्र प्रयोग गर्नुपर्छ । के गर्ने ? बिहान शारीरिक अभ्यास गर्ने ।
कलेजोका बिरामी के नखाने ?
  •  मदिरा
  • बोसोयुक्त
  • चिल्लो खाना चाडबाडको समयमा खानपानमा ध्यान दिनुपर्छ । खानपानमा हुने लापरबाहीले समस्याग्रस्त कलेजोमा समस्या बढ्दै जानसक्छ । कलेजोले रक्सी पचाउने काम गर्छ । रक्सीलाई पचाउन कलेजोले धेरै जोडतोडले काम गर्नुपर्छ । यसरी काम गर्दा कलेजो थाक्न सक्छ । त्यसैले यसका लागि नियमित व्यायाम गर्न जरुरी हुन्छ ।
डायविटिजका रोगी के नखाने ?
  •  चिनी र चिनीबाट बनेका परिकार
  • आलुको अचार
  •  ड्राइफुड
  • जंक फुड
  • बोसो भएको मासु
  • मह, केक, पेय पदार्थ, हर्लिक्स, आइसक्रिम, जाम, जेली, सक्खर, तेलमा तारेका खाना आदिमा नियन्त्रण गर्नुपर्छ । जाँडरक्सी, चुरोटबिँडी सेवन गर्न हुँदैन ।
के खान हुन्छ ? स्वास्थ्यको ख्याल गरेर डायविटिज भएका व्यक्तिले न्युन मात्रामा चामल, गहुँ, मकै, फापर, कोदो, जौ, चिउरा, भुजा कर्नफ्लेक्स, चाउमिन, गेडागुडी खान हुन्छ । माछा, मासु, अन्डा, फलफूल, वनस्पति तेलको सेवन गर्न सकिन्छ । हरिया सागसब्जी, करेला, काउली, गोलभेडा, इस्कुस, घिरौला, सलाद, साग, काँक्रो, सेतो मुला, बन्दा, रायो, कुरिलो, चम्सुर, पालुंगो, गाँजर, कागती सेवन गर्न सकिन्छ । यस्तै पेय पदार्थमा चिनीरहीत चिया, कफी, सुप प्रयोग गर्न सकिन्छ । तर पनि नियमित व्यायाम गर्न जरुरी हुन्छ । मुटुरोगी के नखाने ?
  •  रातो मासु
  •  रक्सी
  •  धुम्रपान
  •  चिल्लो भएको माछा मासु
  •  नून धेरै हालिएको खानेकुरा के खान हुन्छ ? एक–दुई टुक्रा सेतो मासु हरियो सागसब्जी तथा फलफूल
उच्च रक्तचाप के नखाने ?
  • रातो मासु
  • रक्सी
  •  नुन धेरै भएका खाने कुरा
  •  चिल्लो कम, कुखुरा र माछा ठिक्क मात्रामा खान सकिन्छ ।
मिर्गौला रोगी मिर्गौला रोगको समस्या भएका व्यक्तिहरुले मासु र अत्यधिक चिल्लो खानु हुँदैन । सामान्य समस्या देखिएका व्यक्तिहरुले पनि मदिरा र खानपिनमा ध्यान दिनुपर्छ । अन्यथा मिर्गौलाको नियमित प्रक्रियामा असर पुग्न सक्छ । स्रोतः एजेन्सी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पोषण